site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
फूलपातीमा रिलिज तीन चलचित्रको ग्रसकलेक्सन आधा अर्ब, कसले कति कमाए ?

काठमाडौं । यो वर्षको दसैँको फूलपातीमा रिलिज भएका चलचित्रले आकर्षक ग्रसकलेक्सन गरेका छन् । फूलपातीमा रिलिज भएका चलचित्र ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले ठूलो परिणाममा ग्रसकलेक्सन गरेका हुन् । 

यी तीन चलचित्रले करिब साढे ४८ करोडको हराहारीमा कलेक्सन गरेका छन् । बिराज भट्टका अनुसार ‘१२ गाउँ’ले सबैभन्दा धेरै साढे २३ करोड ग्रसकलेक्सन गरेको छ । 

‘छक्का पञ्जा–५’ले २० करोडभन्दा माथि र ‘ज्वाइँ साब’ले तीन हप्तामा पाँच करोड कलेक्सन गरेको छ । 

यी तीन सिनेमाको तीन हप्तामा जम्मा कलेक्सन साढे ४८ करोड गरेका छन् । तर, यी तीनमध्ये ‘ज्वाइँ साब’ उत्रिए पनि बाँकी दुई चलचित्र भने अहिले पनि हलमा प्रदर्शनरत छन् । त्यसैले लाइफटाइम ग्रसकलेक्सन भने आधा अर्बको हाराहारीमा पुग्ने देखिन्छ । 

यो ग्रसकलेक्सन हलबाट उठेको रकम मात्रै हो । इन्टरनेसनल राइट्स र डिजिटल राइट्स यो बाहेक छुट्टै छ ।  

‘छक्का पञ्जा’टिमले आधिकारिक रूपमा कलेक्सनको तथ्यांक सार्वजनिक नगरे पनि आफ्ना यसअघिको सिनेमाको रेञ्जमा पुगिसकेको बताएको छ । “छक्का पञ्जाका सिरिजको सबैभन्दा धेरै कलेक्सनको रेञ्जमा पुगिसकेको छ,” दीपकराज गिरीले बाह्रखरीसँग भनेका छन् । 

‘छक्का पञ्जा–४’ले २० करोड कलेक्सन गरेको थियो । त्यसैले दीपकको भनाइले ‘छक्का पञ्जा–५’ले २० करोड ग्रसकलेक्सन गरिसकेको संकेत गर्छ । 

‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौला आफ्नो चलचित्रले पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गरेको बताउँछन् । “ज्वाइँ साबले सवा पाँच करोडको हाराहारीमा ग्रसकलेक्सन गरेको छ,” निर्देशक वसन्तले भने । 

वितरक अशोक शर्मा यो दसैँमा नेपाली सिनेमाले इतिहासकै सबैभन्दा धेरै ग्रसकलेक्सन गरेको बताउँछन् । दसैँमा यसअघि कुनै पनि वर्ष नेपाली चलचित्रले यति धेरै कलेक्सन नगरेको उनको भनाइ छ । 

बक्सअफिस रिपोर्ट भनेर वितरक र निर्माताले दाबी गर्दै आफ्नो चलचित्रको कलेक्सन रकम सार्वजनिक गर्दै आएका छन् । तर, चलचित्र विकास बोर्डले भने बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । त्यसैले निर्माता र वितरकले गर्ने ग्रसकलेक्सनको दाबीमा भने स्वयं चलचित्रकर्मीहरूले प्रश्न चिह्न उठाउँदै आएका छन् । 

‘ज्वाइँ साब’मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायत मुख्य भूमिकामा छन् । 

‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देश गरेको चलचित्र हो । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, निर्मल शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । बिराज स्वयं र समीर भट्ट यो चलचित्रको मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro