site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘१२ गाउँ’ले तीन हप्तामा कति गर्‍यो ग्रसकलेक्सन ? 

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ चौथो हप्तामा प्रदर्शन भइरहेको छ । निर्माणपक्षले तीन हप्ताको ग्रसकलेक्सन सार्वजनिक गरेको छ । 

बिराज भट्टले निर्देशन गरेको चलचित्रले तीन हप्तामा २३ करोड ५० लाख ग्रसकलेक्सन गरेको छ । “हाम्रो चलचित्रले तीन हप्तामा २३ करोड ५० लाख कलेक्सन गरेको छ,” बिराजले भने, “अहिले चौथो हप्तामा पनि उत्तिकै चलिरहेको छ । थाहा छैन कहिलेसम्म चल्छ ।” 

पूलपातीको दिन रिलिज भएको चलचित्रमा बिराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । 

‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन् । 

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । 

आउँदो दसैँ/तिहारमा ‘१२ गाउँ’को सिक्वेल रिलिज हुने 

बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 

सिनेमामा बिराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । 

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro