site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा–५’ले तीन हप्तामा कति गर्‍यो कलेक्सन ? ग्रसकलेक्सनबारे के भन्छन् दीपक ?

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ चौथो हप्तामा प्रदर्शन भइरहेको छ । सँगै रिलिज भएका अन्य चलचित्रका निर्माता, निर्देशक तथा वितरकले बक्सअफिस रिपोर्ट सार्वजनिक गरे पनि ‘छक्का पञ्जा–५’को निर्माणपक्षले भने ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छैन । 

बक्सअफिस रिपोर्टको आधिकारिकतामा नै प्रश्न गर्ने ठाउँ रहेकाले आफूहरूले ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक नगरेको ‘छक्का पञ्जा–५’ निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् । 

“मैले आजसम्म हाम्रो चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । मेरो फेसबुक वालमा हेर्‍यो भने पनि थाहा हुन्छ, मैले यति कलेक्सन भयो भनेर लेखिएका समाचार र पोस्ट पनि सेयर गरेको छैन,” दीपक बाह्रखरीसँग भन्छन्, “बक्सअफिस रिपोर्टको अथेन्टिसिटीमै प्रश्न गर्ने ठाउँ छ भने हामीले गर्ने दाबी मात्रै हुन्छ ।” 

Dabur Nepal
NIC Asia

चलचित्र विकास बोर्डले दिएको तथ्यांकभन्दा ‘छक्का पञ्जा–४’को ग्रसकलेक्सन एक करोड धेरै रहेको दीपक बताउँछन् । त्यसैले आफू ‘छक्का पञ्जा–५’ले तीन हप्तामा यति कलेक्सन गर्‍यो भनेर भन्नसक्ने अवस्था नरहेको उनी बताउँछन् । 

“तर, यति चाहिँ भन्नसक्छु छक्का पञ्जाका यसअघिका सिरिजहरूले कमाएको उच्च रेकर्डको रेञ्जमा पुगिसकेको छ,” उनले भने । 

‘छक्कापञ्जा’को पहिलो सिरिजले १६ करोड, दोस्रोले १४ करोड, तेस्रोले २० करोड, चौथो भागले १९ करोड रुपैयाँ नेपाली बक्सअफिसबाट ग्रसकलेक्सन गरेको थियो । 

‘छक्का पञ्जा–३’ले २० करोड ग्रसकलेक्सन गरेकाले त्यसको रेञ्जमा पुगिसकेको दीपकको भनाइले ‘छक्का पञ्जा–५’ले २० करोड ग्रसकलेक्सन गरिसकेको संकेत गर्छ । 

“अहिले ग्रसकलेक्सनको आधिकारिक रिपोर्ट सार्वजनिक गर्नेभन्दा पनि सल्लाह गरेर यति भन्दियौँ भन्नेजस्तो देखिएको छ,” दीपक भन्छन्, “हामीले याद गर्‍यौँ भने यो कुरा पुष्टि हुन्छ । बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न थालेपछि निर्माता र वितरकहरूले बक्सअफिस रिपोर्ट भन्दै दाबी गर्न छोडेका थिए । तर बक्सअफिस रिपोर्ट सार्वजनकि हुन छोडेसँगै बक्सअफिस भन्दै दाबी गर्न थालेका छन् ।”

नेपाली बक्सअफिसमा २०/२१ करोडभन्दा माथि ग्रसकलेक्सन भयो भन्ने कुरामा आफूलाई विश्वास नरहेको उनी बताउँछन् । त्यसैले यसलाई दाबी मात्रै भन्न सकिने उनको भनाइ छ । 

“फलानोको कलेक्सन यति, यसको यति करोडको रेकर्ड तोड्यो भन्ने कुरा मैले पनि सुनेको छु,” उनी भन्छन्, “तर मलाई यो दाबी मात्रै हो भन्ने लाग्छ । अथेन्टिसिटी केही छैन । २०/२१ करोडभन्दा अहिलेसक्म कुनै सिनेमाले कलेक्सन गरेका छन् भन्नेमा मलाई विश्वास छैन ।” 

‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा दीपकसँगै केदार घिमिरे, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, निर्मल शर्मालगायतको अभिनय छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro