देश
काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धनकौल गाउँपालिका–२, मन्त्री टोल बस्ने ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।
दिपावलीको लागि आफ्नै घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १८:५८
प्रतिक्रिया दिनुहोस्