site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मनाइयो महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

देवकोटाको ११६औँ जन्मजयन्तीका अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयस्थित उनको पूर्णकदको सालिकमा माल्यार्पण गरियो ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

१० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

देवकोटाको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (पद्य/काव्य) विभागले देवकोटा संग्रहालयमा कवितावाचन कार्यक्रमको आयोजना गर्‍यो । कवितावाचन कार्यक्रममा कविहरूले मुलुकको राजनीतिक परिस्थितिका साथै विभिन्न प्रसंगका साथ कवितावाचन गरेका थिए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । ०१६ सालमा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गराएका थिए ।

देवकोटाको घरलाई सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयका रूपमा स्थापित गरेको छ । नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका देवकोटाको ०१६ साल भदौ २९ गते निधन भएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro