site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेडपान्डाको छालासहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–२६, गोंगबु  मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेडपान्डाको छालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिकास्थित स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनले भने, “प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेडपान्डाको छालासहित पक्राउ गरेको हो ।” उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro