site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैवाहिक करणीमा रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं । जबरजस्ती करणीसम्बन्धी कसुर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्सा वीरगन्ज महानगरपालिका–३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अन्सारी पक्राउ परेका छन् । 

एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने–गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro