अर्थ व्यवसाय
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपारले सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न आगामी मंसिर ६ गते साधारणसभा आयोजना गरेको छ । सभा नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमै आयोजना गरिने बताइएको छ ।
कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापुँजीबाट आठ प्रतिशत बोनस सेयर दिन लागेको हो । उक्त कम्पनीको सेयर कात्तिक २७ गतेसम्म खरिद गर्नेले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । किनभने कम्पनीले कात्तिक २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ १२:२७
प्रतिक्रिया दिनुहोस्