site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऋणीलाई कानुनी दायरामा ल्याउन अर्थको सहमति खोज्दै सहकारी मन्त्रालय
सांकेतिक तस्बिर ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्जा असुली न्यायाधिकरण गठन गर्न सहमतिको फाइल अर्थ मन्त्रालयमा पठाएको छ । मन्त्रालयले सहकारीबाट ऋण लिएर नतिर्नेहरूलाई जिम्मेवार बनाउन कर्जा असुली न्यायाधिकरण गठन गर्न लागेको हो ।

जिल्ला अदालतको न्यायाधीश हुने योग्यता पुगेको नेपाल न्याय सेवाको राजपत्राकिंत द्वितीय श्रेणीको अधिकृत स्तरको अध्यक्ष रहने गरी न्यायाधिकरणको सहकारी ऐनमा नै परिकल्पना गरिएको छ । सहकारी मन्त्रालयको उपसचिव र चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भएको गरी दुई सदस्य रहने व्यवस्था छ ।

बचतकर्ताको बचत फिर्ता गर्न ऋण लिएकाहरूबाट नै असुल गरी मन्त्रालयले कर्जा असुली न्यायाधिकरणमार्फत ऋण असुल गर्न तीव्रता दिइएको हो । अर्थले सहमति दिएपछि कर्जा असुली न्यायाधिकरण गठन हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार सहकारीको कर्जा असुली न्यायाधिकरण गठनका लागि अर्थसँग सहमति मागको फाइल मंगलबार (आज) पठाइएको हो । यसका लागि अध्यक्ष तथा सदस्यहरूको नाम पनि पठाइएको स्रोतको भनाइ छ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि सहकारीको ऋण उठाउन यस्तो न्यायाधिकरण गठन गर्न सुझाव दिएको छ ।

अर्थको सहमति आएपछि मन्त्रालयले मन्त्रिपरिषद्मा फाइल पेस गर्ने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro