site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर २८ हजार २१२ जनामा डेंगी संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । यो वर्ष (सन् २०२४ जनवरीयता) देशभर डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । जनवरीदेखि २८ अक्टोबरसम्म २८ हजार २१२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

यो अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । अक्टोबरका २८ दिनमा (१ देखि २८ सम्म) मात्रै नौ हजार ६६६ जना संक्रमित थपिएका छन् । 

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार १६१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ । 

काठमाडौंमा मात्रै अक्टोबरका २८ दिनमा दुई हजार २५१ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro