site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro