site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडाध्यक्ष ओलीले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियारले उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका निम्ति घुस लिएको अवस्थामा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको थियो । त्यसपछि इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

ओलीले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति/निर्णय कार्यान्वयन गर्न/गराउन सेवाग्राहीसँग घुस लिएको अनुसन्धानका क्रममा पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro