site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ बजारमा

काठमाडौं । लेखक ताथ पत्रकार श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ शुक्रबारदेखि बजारमा आएको छ । उपन्यासमा 'बुलिङ'का कारण किशोर किशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अवरोध र उनीहरूले सामना गर्नुपर्ने अप्ठेराहरूलाई कथानकमार्फत प्रस्तुत गरिएको छ ।  

प्रविधि प्रयोगमा आएको व्यापकतासँगै पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनावश्यक सन्देश पठाउने, अश्लील शब्द, तस्बिर वा भिडियो पठाउने वा त्यस्तै भाषा प्रयोग गरेर दुःख दिने हर्कत बढ्दै गएका छन् । यस्ता क्रियाकलापहरू साइवर बुलिङ अन्तर्गत पदर्छन् । लेखक भण्डारीको ‘अकथित’ उपन्यासले साइबर बुलिङ्को यो पक्षलाई पनि चेतनामूलक ढंगले समेटेको छ ।

प्रकाशक इटर्नल पब्लिकेसनका अनुसार, उप्रेरणात्मक पुस्तक अठोटका समेत लेखक रहेका भण्डारीको उपन्यास विद्यालय उमेरका सबै किशोरकिशोरीका लागि उपयोगी छ । किताबको मूल्य २७५ रुपैयाँ छ ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro