site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेडिसिटी अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, पाँच करोड क्षतिपूर्ति माग

काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै पाँच करोड क्षतिपूर्तिसहित कारबाहीको माग गरिएको छ ।

काठमाडौंको वनस्थलीका प्रताप रिमालले अस्पतालको चरम लापरबाहीका कारण ६२ वर्षीय बुवा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै अस्पताल र उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका हुन् ।

Dabur Nepal
NIC Asia

अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरबाही र गल्ती ढाकछोपका लागि गम्भीर झुट बोलेको उनको अरोप छ । घटनाबारे रिमालले जिल्ला अदालत ललितपुरमा मुद्दासमेत दायर गरेका छन् । 

Meidicit-1729759488.jpg
 

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले घटनाको फेहरिस्त यसरी सुनाए :

मेरो बुवा मिर्गौला रोगको बिरामी हुनुहुन्थ्यो । डेढ महिनादेखि सातामा तीन दिन हेमाडायलाइसिस गराइ राख्नुभएको थियो । भदौ ३१ गते साँझ एक्कासि घरमै रिंगटा लाग्ने र श्वास फेर्न गाह्रो हुने भएपछि हामीले उहाँलाई मेडिसिटी अस्पतालको इमर्जेन्सीमा पुर्‍यायौँ । 
अस्पतालबाट वहाँलाई युरिया लेभल एकदमै धेरै (२०७) भएर गाह्रो भएको भनियो । सोही दिन उहाँको डायलाइसिस गर्ने दिन पनि थियो । डायलाइसिस गर्दागर्दै उहाँलाई असहज भएपछि आईसीयूमा राखेर मनिटरिङ गर्न भनी भर्ना गरियो । 
दोस्रो दिन बुवाको ईसीजी गरियो, त्यसमा केही परिवर्तन देखिएको भन्दै एन्जियोग्राम गरियो । एन्जियोग्राम पनि सफल भयो र एक दिन मोनिटरका लागि आईसीयूमै राख्ने भनियो । मेडिसिटी अस्पतालमा आईसीयुमा राख्दा बिरामी कुरुवा बस्न नपाउने रहेछ । त्यसैले, हामीलाई पनि घर जान आग्रह गरियो, हामी बाध्यतावश घर फर्कियौँ ।
बुवालाई राति गाह्रो भएछ । एन्जिओग्राम गरिएको ठाउँ सुन्निने र पानीको फोकाजस्तो देखिएछ, बुवालाई खप्नै नसक्ने गरी पीडा भएछ । बुबाले परिवारलाई बोलाइदेऊ, मलाई गाह्रो भयो भन्दा पनि अस्पतालले हामीलाई रातभर कुनै खबर गरेन । 
त्यतिमात्रै होइन, त्यसको सही उपचार पनि गरेनछ र रातभर दुखाइ कम गर्ने फेन्टायल मात्र खुवाएर राखेछ । जुन कुरा नर्सिङ नोटमा स्पस्ट लेखिएको छ ।
भोलिपल्ट हामी अस्पताल पुग्दा बुवाको अवस्था जटिल भइसकेको थियो । बुवाको हातको अपरेसन गर्नुपर्ने अवस्थामा पुगिसकेको थियो । अपरेसन नै अन्तिम विकल्प भएपछि हामीले केही गर्न सकेनौँ । जब अपरेसन गरियो, त्यसपछि बुबाको स्वास्थ्यमा सुधार हुन सकेन र अन्ततः हामीले बुवालाई असोज ४ गते सदाका लागि बिदा गर्नुपर्‍यो ।

बुबाको उपचारमा मेडिसिटीले चरम लापरबाही गरेकाले आफूहरू अस्पतालविरुद्ध कानूनी उपचारमा गएको प्रतापको भनाइ छ । “आईसीयूमा रहेको बिरामीलाई लापरबाही गर्ने र आफ्नो गल्ती ढाकछोप गर्न झुट बोल्ने अस्पतालविरुद्ध हामी अहिले अदालती प्रक्रियामा गएका छौँ,” उनले भने । 

ललितपुर जिल्ला अदालत र नेपाल मेडिकल काउन्सिलमा उपचारमा संलग्न डाक्टरलाई कारबाही गरी पीडित पक्षलाई पाँच करोड क्षतिपूर्ति उपलब्ध गराउने मागसहित मुद्दा दर्ता गराएको उनले जानकारी दिए ।

घटना दबाउनका लागि मेडिसिटी अस्पताल लागिपरेको पनि उनको दाबी छ । प्रतापले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "घटना साम्य पार्नकै लागि अस्पतालले बुवाको उपचारको क्रममा भएको ८ लाख रुपैयाँ पनि फिर्ता गरिसकेको छ । तर, अस्पतालले गरेको गल्ती र गल्ती ढाकछोप गर्न हामीमाथि बोलेको धावाविरुद्ध हामी जस्तोसुकै परिस्थिति पनि लडाइँ लड्ने अठोट लिएका छौँ ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro