site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाडबाडमा प्लास्टिकका फूलमाला बेच्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारसहित अन्य चाडबाडमा प्लास्टिकका फूल, गुच्छा तथा माला बिक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ । यस्ता सामग्री ओसारपसार र भण्डारणसमेत गर्न नपाइने महानगरले जनाएको छ ।

महानगरले ४० माइक्रोनभन्दा पालता प्लास्टिक झोलासमेत बिक्रीमा रोक लगाएको छ । यसको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्न सुझाव दिइएको छ । 

गत वर्ष नै महानगरले यस्ता सामग्री बिक्री निषेध गरेको थियो । प्रतिबन्धित सामग्री बिक्री तथा भण्डारण गरेको पाइए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने महानगरले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro