site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन् ।

बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा शपथ लिए ।

नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य छन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)का तर्फबाट पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको संख्या ११ पुगेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । बनाइएको थियो । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro