site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सय दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत, ३२.५ किलोमिटर कालोपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व लिएको एक सय दिनमा देशभरका ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको दाबी गरेका छन् ।
 
सरकार गठनको सय दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै उनले उक्त अवधिमा ३२.५ किलोमिटर सडक कालोपत्र गरिएको बताए । 

“सडक निर्माण र मर्मतका क्षेत्रमा पनि ठूला उपलब्धिहरू हासिल भएका छन् । बितेको सय दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको छ । ३२.५ किलोमिटर सडक कालोपत्र गरिएको छ,” प्रधानमन्त्री ओलीले भने, “जसले यातायातलाई थप सहज र सुरक्षित बनाएको छ ।”

फास्टट्रयाकको मकवानपुरको धेद्रे सुरुङ ब्रेक थ्रु भएको उनले जनाए । नागढुंगा मुख्य सुरुङको लाइनिङ पनि सफलतापूर्वक सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीका अनुसार रुपन्देहीको सिद्धबाबा सुरुङमा उल्लेखनीय प्रगति भएको छ । उक्त सुरुङ ३९६.८५ मिटर खन्ने काम एक सय दिनभित्र पूरा भएको छ । अहिलेसम्म ६४७ मिटर सुरुङ खनिएको प्रधानमन्त्री ओलीको दाबी छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro