site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाणिज्य बैंकको नाफा १६ अर्बभन्दा बढी, सर्वाधिक वृद्धि गर्नेमा सिद्धार्थ, लक्ष्मी सन्‌राइज, कुमारी र नेपाल बैंक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । बुधबार सार्वजनिक पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूको नाफा औसतमा २१.६३ प्रतिशतले वृद्धि भएको हो ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा सिद्धार्थ, लक्ष्मी सन्राइज, नेपाल र कुमारी बैंक छन् । यी बैंकले ३०० प्रतिशतभन्दा बढीले नाफा वृद्धि गरेका छन् । गत वर्षको तीन महिनामा २६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको कुमारी बैंकले यो वर्षको तीन महिनामा एक अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । तर, बढी नाफा वृद्धि गर्ने तीन बैंकले भने एक अर्ब नाफा पुर्याउन सकेका छन् ।

चालु वर्षको तीन महिनामा सबैभन्दा बढी नाफा भने नबिल बैंकले गरेको छ । यो बैंकले चालु आर्थिक वर्षको तीन महिनामा दुई अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा भने यो बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ग्लोबल आइएमई बैंकले एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सातवटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, सिटिजन्स बैंक, सानिमा, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंक छन् । गत वर्षको तीन महिनाको अवधिमा ८८ करोड घाटामा भएको कृषि विकास बैंकले भने यो वर्षको तीन महिनामा  १९ करोड नौ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 
3-th-Q-bank-profit-1729657178.png
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro