site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केएमसीले फिर्ता गरेन लिएको बढी शुल्क, आन्दोलित छन् इन्टर्नसिपका विद्यार्थी
SkywellSkywell

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा २२औँ ब्याचका झन्डै ९० जना विद्यार्थी ६ दिनदेखि आन्दोलनमा छन् । ओपीडी कक्ष अगाडि नै धर्नामा बसेका उनीहरूको माग छ– पाँचवर्षे स्नातक तह अध्ययनका क्रममा कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्छ ।

तर, ६ दिनदेखि ड्युटी ठप्प पारेर धर्नामा बस्दा कलेज प्रशासनले आफ्ना माग सम्बोधन नगरेको बरु आफूहरूमाथि बल प्रयोग गरेको विद्यार्थीको आरोप छ । चिकित्सा शिक्षा संघर्ष अभियान र प्राइभेट मेडिकल कलेजबीच २०७६ र २०७८ सालमा भएको कुनै अतिरिक्त शुल्क नलिने र लिएका शुल्कहरू फिर्ता गर्ने सहमति कार्यान्वयन हुनुपर्ने माग उनीहरूको छ  ।

९० विद्यार्थीबाट झन्डै चार करोड अतिरिक्त शुल्क असुली, कुन शीर्षकमा कति ?

KFC Island Ad
NIC Asia

चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक केएमसीले ९० जना विद्यार्थीबाट तीन करोड ७१ लाख ७८ हजार ४०० रुपैयाँ अतिरिक्त शुल्क असुलेको विद्यार्थीको दाबी छ । जसमा २२औँ ब्याचका ५० नेपाली र स्वदेशी र विदेशी गरी उनीहरूले सो शुल्क पाँचवर्षे स्नातक अध्ययनको क्रममा विभिन्न शीर्षकमा तिरेको बताएका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी हृदयराज संग्रौलाका अनुसार, हाल स्नातक अध्ययन सकेर इन्टर्नसिपमा रहेका उनीहरूले इन्टर्नसिपबापत मात्रै दुईलाख रुपैयाँ कलेजलाई बुझाएका छन् । यस्तै, कलेजले आन्तरिक परीक्षाका निम्ति एकलाख ८० हजार, विश्वविद्यालय रजिस्ट्रेसन शुल्कबापत १५ हजार, कम्युनिटी फिल्ड भिजिटका निम्ति ९० हजार र मेडिकल काउन्सिलमा रजिस्ट्रेसनबापत पाँच हजार गरी प्रतिव्यक्ति चार लाख ९० हजार रुपैयाँ अतिरिक्त शुल्क लिएको लिएको उनीहरूको दाबी छ ।

पचास नेपाली विदार्थीबाट चारलाख ९० हजारका दरले दुई करोड ४५ लाख र ४० विदेशी विद्यार्थीबाट प्रतिव्यक्ति तीन लाख १६ हजार ९६० का दरले एक करोड ३६ लाख ७८ हजार ४०० रुपैयाँ शुल्क लिएको रेकर्ड छ । यसरी नेपाली र विदेशी विद्यार्थी गरी पाँच वर्षमा तीन करोड ७१ लाख ७८हजार ४०० रुपैयाँ बढी शुल्क लिएको विद्यार्थीको दाबी छ ।

एक नेपाली विद्यार्थीले पाँच वर्षमा होस्टेलको शुल्कसहित ५१ लाख २५ हजार रुपैयाँ तिरेको बिल उनीहरूले पेस गरेका छन् ।

एमबीबीएस तह अध्ययनका निम्ति चिकित्सा शिक्षा आयोगले उपत्यकाभित्र ४१ लाख ६८ हजार र उपत्यकाबाहिर ४५ लाख ९५ हजार रुपैयाँ शैक्षिक शुल्क तोकेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २ (थ) मा शिक्षण संस्थाले चिकित्साा शिक्षाको अध्ययन अवधिभर लिने शिक्षण शुल्कले भर्ना, शिक्षण शुल्क, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई समेट्ने उल्लेख छ ।

यसैभित्र फिल्ड भिजिट, विश्विद्यालय रजिस्ट्रेसन, इन्टर्नसिप, फरेन्सिक पोस्टिङ, आवेदन शुल्क र सम्बन्धन शुल्क पनि पर्ने भएकाले शिक्षण शुल्कबाहेक अन्य कुनै शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने आयोगले पटकपटक स्पष्ट पारेको छ ।

काउन्सिलको रजिस्ट्रेसन शुल्क विद्यार्थी आफैँले बुझाउन पाउने, होस्टेल, मेस लगायतको व्यवस्था विद्यार्थीको ऐच्छिक हुने ऐनमा उल्लेख छ ।

तर, २२औँ ब्याचका विद्यार्थीले होस्टेल र सम्बन्धन समेतको शीर्षकमा गरी ५१ लाख २५ हजार रुपैयाँ प्रतिव्यक्ति तिरेको विवरण पेस गरेका छन् । त्यसमध्ये आयोगले तोकेका बाहेक अन्य शीर्षकमा लिएको चार लाख ९० हजार रुपैयाँ प्रतिव्यक्ति फिर्ता गर्नुपर्ने विद्यार्थीको माग छ ।

एक वर्षका निम्ति भदौदेखि इन्टर्नसिप सुरु गरेका विद्यार्थीले कात्तिकदेखि ड्युटीसमेत छाडेका छन् । आफूले शान्तिपूर्ण ढंगले माग राखिरहँदा कलेजले गुन्डा लगाएर धरपकड गर्न खोजेको आन्दोलनरत विद्यार्थीको अरोप छ ।

“यसअघि पटकपटक शुल्क फिर्ता गर्ने सहमति भएको छ । तर, कार्यान्वयन भएको छैन । हामीलाई मासिक १० हजारका दरले दिन्छौँ । यति वा उति भन्दै प्रशासनले पटकपटक बार्गेनिङ गरिरहेको छ, हामी आफ्नो माग पूरा नहुन्जेल आन्दोलनमै रहन्छौँ,” संयोजक संग्रौलाले भने ।

यता कलेज प्रशासनले भने विद्यार्थीका माग केही दिनभित्रै सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाएको दाबी गरेको छ । केएमसीका व्यवस्थापक नारायण दाहालले विद्यार्थीका माग वार्तापछिको आपसी सहमतिबाट छिट्टै सम्बोधन गरिने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro