site stats
बाह्रखरी :: Baahrakhari
देश
पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विवादित पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ । सोमबार मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले धर्मशालाबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउने जिम्मा पाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिले धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने कार्यादेश पाएको छ ।

यसैगरी, अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्थाको अध्ययन गर्ने र गौशाला धर्मशाला रहेको जग्गाको स्वामित्वको अवस्थाबारे अध्ययन गर्ने कार्यादेश समिलाई छ ।

समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका उपसचिव सदस्य छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्