राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि सुरुआती कारबाही सुरु भएको बताएका छन् ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुआती कारबाही सुरु भएको बताएका हुन् ।
प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरिएको उनको भनाइ छ ।
उनले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको दाबी गरे । यस अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा सबै काम सम्पन्न गरेको बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १६:४४
प्रतिक्रिया दिनुहोस्