site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेष्ट बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग
Tiktok banner adTiktok banner ad

काठमाडौं । एभरेष्ट बैंकले ३० औं वार्षिकोत्सवको अवसारमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि एक करोड रुपैयाँको आर्थिक सहयोग गरेको छ । 

उक्त चेक एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् । यस सहयोगबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकले ३० औं वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवापदक तथा कदरपत्र वितरण गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति पर्द्धनलगायत क्षेत्रमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ ।

३० औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

हाल एभरेष्ट बैंकले देशभर १२९ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६७ एटीएममार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro