site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
किन १० घण्टा बन्द हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ? कम गर्न सकिँदैन ? 

काठमाडौं । त्रिभुवन अन्तर्राािष्ट्रय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदैछ ।

राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म टीआईए पूर्णरूपमा बन्द हुनेछ ।  मुख्य विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुने भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।

विमानस्थल १० घण्टा बन्द हुने भएपछि यसले नेपाली उडान पर्यटनमा असर पुग्ने भन्दै कतिपयले यसको समय फेरबदलको पनि माग गरिहरेका छन् ।  ८ घण्टामा पनि काम गर्न सकिने अवस्था रहेको र यसले उडान पनि प्रभावित नहुने र भन्दै समयतालिका फेरबदल गर्न माग गरेका छन् ।

Dabur Nepal
NIC Asia

मन्त्रालय भने विमानस्थलको काम जसरी सक्नुपर्ने र विकल्पमा भैरहवा र पोखरा विमानस्थल देखाउँछ । 

भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न मन्त्रालयले आकर्षक प्याकेजसमेत ल्याएको भन्दै विमानस्थल स्तरोन्नति अनिवार्य रहेको पर्यटनमन्त्री बद्री पाण्डे बताउँछन् । स्तरोन्नतिपछि विमानस्थलको क्षमता बढ्ने उनको धारणा छ ।

नागरिक उड्डयन प्राधिकरणकाअनुसार कात्तिक २३ गतेबाट काम सुरू भएर चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सक्ने योजना छ ।

मुख्य पर्यटकीय मौसममा विमानस्थल १० घण्टा बन्द गर्ने  विकल्पमा भैरहवा र पोखरा विमानस्थल दिँदा विमान कम्पनीहरूले उडान नै नगर्ने हो कि भन्ने चिन्ता भएको सरोकारवाला बताउँछन् । 

तर, सरकार जसरी पनि विमानस्थल बन्द गरेर ३० प्रतिशत उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पठाउन चाहन्छ ।

व्यावसायिक अन्तर्राष्ट्रिय उडान नपाएका गौतमबुद्ध तथा पोखरा विमानस्थलमा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्रालयले २७ वटा कार्ययोजना ल्याएर कार्यान्वयन गरिरहेको छ ।  ती विमानस्थलको अस्तित्व देखाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको आशंका व्याप्त छ ।

मन्त्रिपरिषदले साउन २८ गते पोखरा र भैरहवा विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न २७ बुँदे कार्ययोजना पास गरेको थियो ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको देखाउन हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डलिङमा ७५ प्रतिशत लगायतका सुविधा छन् । 

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल त्रिभुवन विमानस्थलको ‘ट्याक्सी वे’ निर्माणमा गर्न ढिलाई भइसकेका कारण पनि अब निर्णयबाट पछि नहट्ने बताउँछन् । 

कात्तिक २३ गतेदेखि काम सुरू हुने र यसका लागि विन्टर सेड्युल सोहीअनुसार गरेको भुलको भनाइ छ । “कतिपयले ६/८ घण्टामा काम गर्न दिए उडान प्रभावित नहुने भन्ने सुनेको छु,” उनी भन्छन्, “हामीले ८ घण्टा दिँदा थप तीन महिना समय लम्बिन जान्छ । ठेकेदारले १२ घण्टा मागेको थियो । हामीले १० घण्टाभन्दा बढी हुँदैन भनेर सोहीअनुसार गरेका छौं ।”

उक्त अवधिमा तीन निर्माण विमानस्थलको धावनमार्गको उत्तर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम हुनेछ ।

क्षमता एक करोड पुग्ने 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हो ।  करिब ६ वर्षअघि करिब ७० लाख क्षमता रहेको त्रिभुवन विमानस्थल रन–वे स्तरोन्नति गरेपछि १० लाख बढाएको थियो । हाल करिब ८० लाख रहेको ट्क्यासी–वे निर्माणपश्चात १० देखि १५ लाख थपिने हुँदा क्षमता एक करोडको हाराहारी पुग्ने भुल बताउँछन् ।

“हामीले २०७५ मा ‘रन–वे रिह्याबिलेसन प्रोजेक्ट’ भनेर रन–वे रिह्याव गर्‍यौं । यसले विमानस्थलको क्षमता लगभग १० लाख बढ्यो,” उनले भने, “यसपटक ट्याक्सी–वे निर्माण पछि यो संख्या थप हुनेछ ।”

एयरपोर्ट रन–वेमा जाने बाटोलाई ट्याक्सी–वे भनिन्छ । हाल त्रिभुवन विमानस्थलमा पाँचवटा ट्याक्सी–वे रहेको र रन–वेको छेउसम्म पुग्न लामो समय लाग्ने भएको हुँदा विमान उडानमा र अवतरणमा समय बढी लाग्ने गरेको भूल बताउँछन् ।
“हाम्रोमा रन–वेसम्म पुग्ने ट्याक्सी–वे नभएका कारण पनि विमान तीन मिनेट जति बढी समय लिइरहेको छ । रन–वेबाट उडानसम्म एक मिनेटमा हुनुपर्ने काम चार मिनेट लागेको छ । यसलाई रन–वे होल्डिङ क्यापासिटी भन्छ । 

एक मिनेटमा एउटा जहाज उड्नुपर्ने तीन मिनेटमा एउटा उड्यो भनेपछि एक घण्टामा २० वटा जहाज उड्छ ।  जबकि ६० वटा जहाज उड्नुपर्ने थियो । “त्यो क्षमता बढाउन रनवेको इन्ड–टु–इन्डसम्म ट्याक्सी–वे बनाउन लागेका हौं” उनले भने । 

विमान उडान र अवतरणमा निकै ढिलाई भएको भन्दै ट्याक्सी– वे निर्माणका लागि तीन वर्षअघिदेखि तयारी गरिरहेको क्यान बताउँछ । 

विकल्प नभइ देशकै ठूलो र व्यस्त विमानस्थल १० घण्टा बन्द हुँदा यसले पर्यटन क्षेत्रलाई नै समस्या पार्ने भन्दै भैरहवा र पोखरामा इमिरिग्रेसन, भिसा सेन्टर, श्रम सुविधालगायत व्यवस्थापन गरेपछि मात्रै यता निर्माण अघि बढाएको भुल बताउँछन् । 

“यो लामो प्रक्रिया छ । हामीले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाबाट नै स्पेसल एक्सन प्लान बनाएर लागेका हौं । यसका लागि भैरहवा र पोखराबाट उड्न काठामाडौं आउन नपरोस भन्ने हेतुले सरकारसँग तयारीको लागि आग्रह गरेका थियौं,” उनले भने, “भैरहवा र पोखराबाट विदेश जान पासपोर्टदेखि लिएर भिसासम्मको सम्पूर्ण प्रक्रिया त्यहीबाट हुनुपर्छ । त्यसका लागि तत् तत निकायले कार्यान्वयन गर्नुपर्छ । क्यानले आफ्नो काम गरिसकेको छ । नयाँ सरकार आएपछि यसमा थप सक्रियता देखिएको छ । भैरहवा र पोखरामा भिसा सेन्टर, इमिरिग्रेसन लगायतका कुराहरू छ ।”

गौतम बुद्ध विमानस्थललाई सहज होला ?

त्रिभुवन विमास्थल १४ घण्टा मात्रै सञ्चालन हुने भएपछि यताको ट्राफिक भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाओस् भन्ने सरकारको इच्छा छ । सोही अनुसार विन्टरमा २९.४३ प्रतिशत उडान कटौती गरेको जनाएको छ ।

प्राधिकरणले समर सिजनमा ४१८ वटा उडान–अवतरण अनुमति दिएकामा विन्टर सेड्युलमा २९५ वटा मात्रै अनुमति दिएको छ । 

अन्तर्राष्ट्रिय उडान मार्चको अन्तिम आइतबारदेखि अक्टोबरको अन्तिम शनिबारसम्म समर सेड्युल हुन्छ । यस्तै अक्टोबरको अन्तिम आइतबारदेखि मार्चको अन्तिम शनिबारसम्म विन्टर सेड्युल हुन्छ ।
 
सरकारले ल्याएको प्याकेज पूर्णरुपमा लागू गरे भैरहवा राम्रोसँग सञ्चालन हुन सक्ने प्राधिकरण पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन् । 

“सरकारले दिने प्याकेज यही हो । यसको राम्रोसँग कार्यान्वयन भयो भने भैरहवा चल्छ,” उनले भने, “विमानलाई जबरजस्त जा भन्दा पनि व्यापार सहज हुने आकर्षक योजनाले नै चल्ने हुन् ।”

सरकारले पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिषा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुटलगायतका कार्ययोजना ल्याएको छ ।

आर्कषक कार्ययोजना ल्याए पनि विमान कम्पनीहरू उक्त विमानस्थलप्रति आकर्षित हुन सकेका छैनन् । विमानस्थल नै बन्द गरेर उडान कटौति गरेपछि तीन वटा कम्पनी भने उडान भर्ने तयारीमा छन् । 

कुवेतको जजिरा, दुवईको फ्लाई दुबई र थाइल्यान्डको थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । तीनै कम्पनीले क्यानबाट उडान अनुमति लिइसकेका छन् । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको जजिरा एयरलाइन्सले पुनःकात्तिक १२ गतेदेखि उडान गर्न लागेको छ ।

जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।  जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका छ । फ्लाई दुबईले कात्तिक २४ गतेदेखि दुबई–भैरहवा–भैरहवा–काठमाडौं हुँदै दुबई उडान गर्न लागेको छ । फ्लाई दुवईले कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । 


कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको क्यान सूचना अधिकारी भुल बताउँछन् ।

थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको भुल बताउँछन् । 

उक्त एयरलाइन्सको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । थाई एयर एसियाअसोज १६ गते नेपालमा सिधा हवाई उडान गरिसको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro