site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ । प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले आफू सडकमार्गबाट पोखरा जाने धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

"उहाँ सडकमार्गबाट पोखरा जानुहुने छ । उहाँको साथमा हामी अरू केही साथीहरू पनि जाने छौँ," झाले भने ।

यसबारे सुरक्षा अधिकारीहरूसँग कुराकानी भइसकेको झाको भनाइ छ । "हामीले उहाँहरूलाई सहयोग गरिरहेका छौँ । र, उहाँहरूले पनि एक किसिमको सहानुभूति देखाइरहनु भएको छ," उनले भने ।

झाका अनुसार, त्यसअघि लामिछानेले पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरूमाझ केही कुराहरू राख्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro