site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विराटनगरको माछापुच्छ्रे सहकारीका अध्यक्षसहित १०९ जनाविरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा सात करोड रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा संस्थाका अध्यक्षसहित १०९ जनाविरुद्ध मुद्दा दायर भएको छ । 

संस्थाका अध्यक्ष अमलेश कर्णसहितका पदाधिकारीविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरेको हो । आर्थिक हिनामिनाका कारण दुई वर्षदेखि सहकारी बन्द छ ।  

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १०३ पीडितको उजुरीको आधारमा सबै अनुसन्धानपछि जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दायर भएको हो । सहकारीको ऋण समिति संयोजक तथा सदस्यहरू समेत गरी २१ जना र ८८ ऋणीलाई प्रतिवादी बनाइएको प्रहरीले बताएको छ । प्रहरीले केही समयअघि मात्र अध्यक्ष कर्णलाई पक्राउ गरेको थियो ।  

प्रहरीको अनुसन्धानले सात करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको बताइएको छ । बचतकर्ताले लामो समयदेखि रकम फिर्ता गर्न माग गरिरहेका थिए । तर, धितोबिना नै ऋण प्रवाह गरेका कारण सहकारी जोखिममा परेको थियो । यसरी कुल १८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लिएको देखिएको छ । मनोमालिन्य ढंगले ऋण प्रवाह गर्दा सहकारी डुबेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका अध्यक्ष कर्णको बयानका आधारमा प्रहरीले पदाधिकारी तथा सदस्यहरूविरुद्ध पनि मुद्दा दायर गरेको छ । संस्थाका सदस्यहरू प्रभाकर थापा, राधादेवी लिम्बू, गोकुल थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिपकुमार साह र इन्द्रेश कर्णले धितो नराखी ऋण लिएको पाइएको छ ।

प्रहरीका अनुसार संस्थाका उपाध्यक्ष वर्ष सनातनकुमार मण्डल, सञ्चालक समितिका सचिव उत्तम ढुंगेल, कोषाध्यक्ष सोमी भगतसहित ४५ जना फरार छन् । संस्थासँग जोडिएका धेरै व्यक्तिहरू राजनीतिकर्मी तथा सामाजिक अभियन्ता समेत छन् । 

तीनपुस्ते खुलाएर सोही बमोजिम थप प्रतिवादी बनाएर कारबाहीको प्रक्रिया अगाडि बढ्ने जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले बताए । उनले भने, “तीनपुस्ते नखुलेका ऋणी समेत छन् ।” 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro