site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरेलु भूमिमै भारत ४६ रनमा अलआउट, पाँच ब्याटर ‘डक’ 

काठमाडौं । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा घरेलु टिम भारत ४६ रनमै समेटिएको छ । पहिलो टेस्टको दोस्रो दिनको खेल चलिरहँदा भारतीय टिम ३१.२ ओभरमा ४६ रनमा अलआउट भएको हो । 

बेंगलुरुमा जारी खेलमा भारतीय टिमका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय बन्न सकेन । भारतका पाँच ब्याटर ‘डक’ भए । जसमा विराट कोहली, सर्फराज खान, केएल राहुल, रवीन्द्र जडेजा र रविचन्द्रन आश्विन छन् । 

भारतबाट ऋषब पन्तले इनिङ सम्हाल्ने प्रयास गरे पनि सफल बन्न सकेनन् । उनले ४९ बलमा २० रन बनाए । ओपनर यशस्वी जैसवालले १३ रन जोडे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । 

भारतलाई सस्तैमा समेट्न पाहुना टिमका म्याट हेन्रीले पाँच विकेट लिए । उनले १३.२ ओभरमा तीन मेडन फ्याक्दै १५ रनमात्र खर्चिए । यस्तै, विलियम ओ‘रौर्केले चार विकेट लिए । अर्को एक विकेट टिम साउदीको नाममा रह्यो । दोस्रो सेसनमा ब्याटिङ गरिरहेको न्युजिल्यान्डले १७ ओभरसम्म २१ रनको अग्रता बनाएको छ ।

न्युजिल्यान्डले विकेट नगुमाई ६७ रन बनाएको छ । न्युजिल्यान्डबाट हाल क्रिजमा रहेका कप्तान टिम साउदी १५ र डेविड कोन्वे ४१ रनमा खेलिरहेका छन् । न्युजिल्यान्डले भारत भ्रमणमा घरेलु टिमसँग तीन खेलको टेस्ट शृंखला खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro