site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्य निरुपण आयोग : ‘सर्च कमिटी’लाई पूर्णता दिने सहमति 

काठमाडौं । शीर्ष नेताहरूबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिने सहमति भएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठकमा उक्त समझदारी जुटेको हो । 

“अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरेको थियो । त्यसले पूर्णता प्राप्त गर्न बाँकी नै थियो । अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया तत्काल अघि बढाउने भन्नेबारेमा छलफल भयो,” माओवादीका उपमहासचिव शक्ति बस्नेतले भने, “सबैको बुझाइमा एकरुपता छ ।” 

सर्च कमिटीले पूर्णता पाउनासाथ आयोग गठनको प्रक्रिया अघि बढ्ने उनले बताए । “एक दुई दिनभित्र सर्च कमिटीले पूर्णता पाउँछ । स्वतः आयोग गठनको प्रक्रिया अघि बढ्छ,” उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नसक्ने आयोग गठन हुनुपर्छ भन्नेछ ।”

०८० चैत ३० गते प्रचण्ड नेतृत्वको सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सिफारिस समिति गठन गरेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । 

समितिको सदस्यमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro