site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समता घरेलु लघुवित्तलाई एफपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले असोज २९ गते कम्पनीलाई १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले २०७८ चैत २९ गते एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । कम्पनीले तीन वर्षपछि मात्र एफपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा तीन लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले केही दिनमा सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्ने प्रबन्धपत्र सार्वजनिक गर्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro