site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

अत्तरिया (कैलाली) । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।

सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका ५४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना विष्टले जानकारी दिइन् । डडेल्धुरास्थित गोदामबाट १५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट २२६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिइन् । 

कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच छुट दिएर बिक्री गरिरहेको उनले बताइन् । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उनले जानकारी दिइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro