site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

खुसीको कुरा हो बीपी राजमार्ग यति छिटै यातायात सञ्चालन हुनेगरी मर्मत गरियो । असोजको दोस्रो साताको अतिवृष्टिका कारण क्षतविक्षत राजमार्ग दसैंकै बेलामा पनि मर्मतसम्भार गरिएकाले सोमबार साँझबाट त नियमित यातायात सञ्चालन गर्न दिइने भएको छ । 

सरकारी अधिकारीहरूले नै बीपी राजमार्गको क्षतिको आकलन गरेपछि छिटै सञ्चालनमा नआउने जनाउ दिएका थिए । विपत्तिको सुरुमा अकर्मण्य रहेको आरोप लागेको संघीय सरकार पनि हतास मनःस्थितिमा देखिएको थियो । लाग्थ्यो, पुनर्निर्माणमा त सरकारको ध्यानै दिन सक्दैन ।

सडक डिभिजन भक्तपुरका अनुसार आवश्यक सुधारपछि सवारीसाधन सञ्चालन गर्न दिन लागिए पनि सडक जोखिमपूर्ण छ । सुक्खा पहिरो झर्ने डर रहेकोले राति यात्रा नगर्न सडक डिभिजनले सूचना प्रकाशित गरी अनुरोध गरेको छ । यसैले त्यस सडकबाट यात्रा गर्दा बढी नै यात्रु र सवारी चालक बढी नै सावधान हुनुपर्छ । यस्तै, त्यहाँ नियामक निकायबाट पनि यात्रुको सुरक्षामा थप ध्यान दिनु जरुरी हुन्छ । 

यसपटक जनताको खप्की खाएको राजनीतिक नेतृत्व र प्रशासन संयन्त्रले भत्केका राजमार्गहरूमा यातायात सञ्चालन गराउनुलाई चुनौतीकै रूपमा लिएको देखियो । अरू राजमार्गमा पनि ट्राफिक व्यवस्थापनमा धेरै गुनासो सुनिएन भने काठमाडौंबाट पश्चिम निस्कने नाकाका रूपमा वैकल्पिक सडकको प्रयोग पनि गराइयो ।

राजमार्गहरूको अस्थायी मर्मत र यातायात व्यवस्थापनका लागि सम्बन्धित सरकारी अधिकारी र मूलतः प्राविधिकहरू धन्यवादका पात्र बनेका छन् । हुनत, तिनको कर्तव्य नै हो तैपनि उनीहरूले दसैं मनाउन लागि दिएका भए न सडकका अस्थायीरूपमै खोलिने थियो ।

सरकारले सडक मर्मत र यातायात व्यवस्थापनमा खटिएका प्राविधिकलगायत कर्मचारीहरूलाई यस क्रियाशीलताका निम्ति यथोचित पुरस्कृत गर्नुपर्छ । भविष्यमा यस्तै अवस्था आइलाग्यो भने कम्तीमा अरू कर्मचारी पनि रातदिन नभनी काममा समर्पित हुन प्रेरित होउन् । 

यसपटकको सफलता राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रले साँच्चै नै चाहने हो भने असम्भवः देखिने काम पनि गर्नसक्ने क्षमता नेपालको सरकारी संयन्त्रमा रहेको उदाहरण हुनपुगेको छ । यसैले आउँदा दिनहरूमा यो सफलता चुनौती पनि बन्नेछ । अब त्यत्तिकै समयमा अहिले जति काम नगरे  नियत र  लगनमा प्रश्न  उठ्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro