site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पको र्‍यालीनजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एकजना पक्राउ
तस्बिर : ईपीए ।

काठमाडौं । अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पको र्‍यालीनजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् । शनिबार क्यालिफोर्नियाको कोचेलामा ट्रम्पको र्‍यालीनजिकै ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

ती व्यक्तिका साथबाट एउटा सटगन र लोड गरिएको ह्यान्डगन र नक्कली राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ । ४९ वर्षीय वेम मिलरलाई पक्राउ गरिएको हो ।

Dabur Nepal
NIC Asia

कालो रङको एसयूभी कार चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा जाँचचौकीनजिकै रोकेका थिए ।

रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ । गोली भरिएको बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको मिलरमाथि आरोप लगाइएको छ ।

अमेरिकी गुप्तचर सेवाले ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको जनाएको छ । स्थानीय प्रहरीले पक्राउ परेका आरोपित ‘मानसिक रूपमा असन्तुलित’ रहेको जनाएको ।

प्रहरी कार्यालयका अनुसार, यो घटनाले ट्रम्पको सुरक्षा वा र्‍यालीमा उनको उपस्थितिमा कुनै फरक परेको छैन । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro