site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ड्रोन आक्रमणमा चार इजरायली सेनाको मृत्यु, ६० घाइते

काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी चार सैनिकको मृत्यु भएको छ । अन्य ६० जना घाइते भएको बताइएको छ ।

हाइफाबाट ३३ किलोमिटर दक्षिणमा रहेको सहर बिन्यामिना स्थित सैन्य अड्डामा भएको आक्रमणमा सात सैनिक गम्भीर घाइते भएको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ ।

यो आक्रमणको जिम्मेवारी लेबनानी लडाकु समुह हिजबुल्लाहले लिएको छ । उसले तेल अभिभ र हाइफाको बीचमा रहेको क्षेत्रमा आईडीएफको गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरेको बताएको छ ।

हिजबुल्लाहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा भएको इजरायली आक्रमणको जवाफमा ड्रोन हमला गरेको बताएको छ ।

इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए)ले आक्रमणमा ६१ जना घाइते भएको बताएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर छ। ३७ जनालाई एम्बुलेन्स र हेलिकोप्टरबाट आठ क्षेत्रीय अस्पतालमा लगिएको बताइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro