site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा रावण बध गरियो
महोत्तरीको जलेश्वर नगरपालिका–१, शंकरचोकमा ५१ फिट अग्लो रावणको पुतला दहन गरिँदै गर्दाको दृश्य । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस ।

धनुषा । विजयादशमीको अवसरमा जनकपुरधाममा शनिबार रावण बध गरिएको छ । भगवान् रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए ।

भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुसियालीमा जनकपुरधाममा प्रत्येक वर्ष रावण बध मेला लाग्ने गर्छ । विजयदशमीको अन्तिम दिन साँझ रावण, मेघनाथ, कुम्भकर्णको प्रतीमा निर्माण गरी राम मन्दिरका महन्त बाबा राम गिरीले रावण बध गरे ।

जनकपुरधामस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतीमा निर्माण गरिएको थियो । महावीर युवा कमिटी जनकपुरधामको आयोजनामा पछिल्लो १५ वर्षदेखि रावण वध कार्यक्रम हुँदै आएको छ ।

रावण बध कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, पूर्वनगरप्रमुख लालकिशोर साहसहित उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro