site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रचण्डले केहीलाई संविधानको उपलब्धि र परिवर्तन मन नपरेको भन्दै संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताए । आफू नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउनुको उदेश्य संविधान संशोधन नै हो भन्ने आफूलाई नलागेको उनको भनाइ थियो ।

आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको भन्दै प्रचण्डले परिवर्तनविरुद्ध हुने संशोधन भने स्वीकार्य नभएको स्पष्ट पारे । देश निकै अप्ठेरो अवस्थामा रहेकाले राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने धारणा राखे ।

प्रचण्डले बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गरे । सहकारी छानबिन समितिको प्रतिवेदन आइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै उनले सरकारले कार्यान्वयन गर्न नचाहेको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको धारणा राखे ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro