site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २७ अंकले घटेर २६६३ विन्दुमा, चार अर्ब ५९ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २७.३९ अंकले घटेर बन्द भएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकममा पनि कमी आएको छ । चार अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार सात अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो. ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड समूहको परिसूचक स्थिर छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

३५ कम्पनीको सेयर मूल्य बढेको छ । २०७ कम्पनीको सेयर मूल्य घटेको छ । डेल्टी पावर कम्पनी र आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।

मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४ रुपैयाँ ३० पैसा बढेर एक हजार ३७ रुपैयाँ ३० पैसा कायम भएको छ ।

इस्टर्न हाइड्रोपावरको सेयर मूल्य ८.५० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ कायम छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro