site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे ११ सय खसीबोकामा ४६७ बिक्री, अझै २१८ ल्याउन बाँकी
Tiktok banner adTiktok banner ad

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका निम्ति गएको आइतबारदेखि खसीबोका र च्यांग्रा बिक्री गरिरहेको छ । आइतबार, सोमबार र मंगलबार (आज) दिउँसोसम्म गरी कम्पनीले ४६७ खसीबोका र ८८ च्यांग्रा बिक्री गरेको छ ।

हालसम्म कम्पनीमा दाङ, नवलपुर र हेटौँडाबाट एक हजार १५६ खसीबोका ल्याइएको छ । यी तीन जिल्लाबाट कुल एक हजार ४०० खसीबोका ल्याउने भनिएको थियो । नवलपुरबाट २१८ खसीबोका ल्याउन बाँकी रहेको कम्पनीले जनाएको छ ।

नवलपुरबाट ५०० खसीबोका खरिद गर्ने निर्णय गरिएको थियो । त्यहाँबाट कम्पनीमा २८२ खसीबोका आइपुगेका छन् । नवलपुरबाट ल्याउन बाँकी खसीबोका पनि आज वा भोलि बिहानसम्म खाद्यमा आइपुग्ने बताइएको छ ।

खाद्यले यो वर्ष मुस्ताङबाट ३०० च्यांग्रा खरिद गर्ने निर्णय गरेको थियो । २८५ च्यांग्रा कम्पनीमा आइपुगेका थिए । यीमध्ये ८८ वटा बिक्री भए । अब कम्पनीसँग १९७ च्यांग्रा बाँकी छन् ।

कम्पनीले दाङबाट ४०० खसीबोका खरिद गर्ने भनिएको थियो । तर, कम्पनीको प्रादेशिक कार्यालयमा ३८६ खसीबोका आइपुगेका थिए ।

यस्तै, हेटौँडाबाट ५०० खसीबोका खरिद गर्ने निर्णय गरिएकामा खाद्यमा ४८८ वटा मात्र आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी विभागीय सहायक प्रबन्धक ज्ञानु थापाले जानकारी दिइन् । उनका अनुसार, बाटोमा प्राविधिक कारणले मर्ने वा हिँड्न नसक्ने खसीबोकाको जिम्मा ढुवानी कम्पनी स्वयंले लिनुपर्नेछ ।

गत वर्षभन्दा यसपालि कम्पनीमा खसीबोका र च्यांग्रा कम मगाइएको छ । गत वर्ष एक हजार च्यांग्रा र दुई हजार खसीबोका बिक्री गरिएको थियो ।

यो वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६६० रुपैयाँ तोकिएको छ । च्यांग्राको प्रतिकिलो एक हजार २२० रुपैयाँ कायम छ ।

कम्पनीले थापाथली प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिरहेको छ । प्रत्येक दिन बिहान ८ बजेदेखि बिक्री खुला गरिने थापाले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro