site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई महिनामा एक अर्ब ३४ करोडको मसला नेपाल भित्रियो, कहाँबाट आउँछ ? 

काठमाडौं । नेपालमा पछिल्लो दुई महिनामा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको मसला भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालले मसला विभिन्न देशबाट आयात गरेको हो ।
 
नेपालमा मसलाको सबैभन्दा बढी प्रयोग र बिक्री दसैँमा हुन्छ । भन्सार विभागको तथ्यांकअनुसार बितेको दुई महिनामा नेपालमा १ करोड ४३ लाख ७९ हजार रुपैयाँको २७ हजार १२४ केजी मरिच भित्रिएको छ ।
 
सोही अवधिमा २ करोड ६९ लाख ४३ हजार रुपैयाँको दालचिनी नेपाल भित्रिएको छ । उक्त रकममा ९७ हजार केजी दालचिनी नेपालले आयात गरेको विभागले जनाएको छ । 

पछिल्लो दुई महिनामा नेपालमा ५ करोड ८३ लाख ८१ हजार रुपैयाँको ७७ हाजर ८२७ केजी ल्वाङ नेपाल भित्रिएको छ । सोही समयमा ६० लाख ३७ हजार रुपैयाँको जाइफल नेपालले आयात गरेको छ । गत साउन र भदौ मा नेपालले ७२ लाख ३९ हजार रुपैयाँको ८ हजार ४२४ केजी जाइफल आयात गरेको देखिन्छ ।
 
नेपालले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७ करोड ११ लाख ५४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकुमेल आयात गरेको छ । उक्त समयमा ९ करोड ४३ लाख ४१ हजार रुपैयाँको ७ लाख ५८ हजार ४२९ केजी धनिया नेपालमा भित्रिएको छ । 

बितेको दुई महिनामा नेपालले ६५ करोड ११ लाख ४४ हजार रुपैयाँको १५ लाख ८३ हजार ९२१ केजी जिरा नेपालले आयात गरेको देखिन्छ । उक्त समयमा ३ करोड ४२ लाख ४४ हजार रुपैयाँको सुठो (सुकेको अधुवा) पनि नेपाल भित्रिएको छ ।
 
नेपालले विभिन्न मसला भारत, भियतनाम, इजरायल, थाइल्यान्ड, चीन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, ग्वाटेमाला, बुल्गेरिया, इटाली, युक्रेन, साउदी अरेबिया, नामिबियालगायत देशबाट आयात गर्दै आएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न देशबाट नेपालमा ९ अर्ब ५ करोड १८ लाख ५ हजार रुपैयाँको मसला भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro