site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लहडमा नीति बनाउनु हुँदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने उल्लेख गरे । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन गरेको भएदपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरू लहडमा बनाउने र बन्द नर्गन सुझाव दिए ।

Dabur Nepal
NIC Asia

उनले भने, "नयाँ पोलिसीहरू बनाउने क्रममा कतिपय चिजमा नियम, कानूनहरु परिवर्तन गर्नुपर्छ । तर, त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरू लहडमा भएका छन् । राजस्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसावले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । यस्तो किसिमको चिजहरू बनाउँदा हामीले लहडमा बनाउने अनि बन्द गर्ने हुनुहुँदैन । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनुपर्छ । कतिपय चिजहरू अनुगमनको हिसावले मात्र राजस्व बढ्छ भन्ने हुँदैन ।"

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्त्वपूर्ण रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro