site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
४२ हजार प्यालेस्टिनीको मृत्यु, मारिनेमा अधिकांश सर्वसाधारण
SkywellSkywell

काठमाडौं । इजरायल हमास युद्धको एक वर्ष पुगेको छ । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि पछिल्लो युद्ध सुरु भएको थियो । हमासको आक्रमणमा १२ सय मानिसको मृत्यु भएको थियो । २५० लाई बन्दी बनाइएको थियो । जसमध्ये एक सयजना अझै हमासको कब्जामा छन् । हमासको कब्जामा रहेका एकजना नेपाली विपीन जोशीको अवस्था अझै अज्ञात छ ।

लामो सयमदेखि चलिरहेको इजरायल प्यालेस्टाइन द्वन्द्वको यो सबैभन्दा खराब चरण मानिन्छ । हमासको आक्रमणपछि इजरायले हमासको केन्द्र गाजामा निरन्तर हमला गरिरहेको छ । प्यालेस्टिनको स्वास्थ्य मन्त्रलयका अनुसार इजरायली हमलामा परेर गाजामा ४२ हजार मानिसको मृत्यु भएको छ ।

इजरायलका अनुसार उसले हमासका ४० हजारभन्दा बढी केन्द्रमा हमला गरिसकेको छ । इजरायलले हमासका ४ हजार ७०० टनल र १ हजारभन्दा बढी रकेट लन्च गर्ने क्षेत्रहरू ध्वस्त पारेको बताएको छ ।

KFC Island Ad
NIC Asia

७ अक्टोबर २०२३ यता ७२६ इजरायली सैनिक मारिएका छन् । चार हजार ५७६  इजरायली सैनिक घाइते भएका छन् ।

यो युद्ध सुरु भएयता इजरायलमा १३ हजार २०० रेकट गाजाबाट, १२ हजार ४०० रकेट लेबनानबाट प्रहार भएका छन् । ६० रकेट सिरियाबाट, १८० यमनबाट र ४०० इरानबाट प्रहार भएका छन् । पछिल्लो समय इजरायल गाजासँगै लेबनान, इरानसँग पनि युद्धको मोर्चामा छ ।

इजरायलका अनुसार उसले अहिलेसम्म लेबनानमा ८०० जना अतांकवादी मारेको छ । लेबनानमा ४ हजार ९०० वटा आतकंवादीका स्थान ध्वस्त पारेको इजरायली दाबी छ ।

यो युद्धबीच लाखौँ मानिस मध्यपूर्वमा सुरक्षित स्थानको खोजीमा छन् । इजरायली हमलामा मारिएका अधिकांश मानिस सर्वसाधारण रहेको प्यालेस्टिनी स्वास्थ मन्त्रालयले बताएको छ । इजरायलले आफूहरूको ‘जेनोसाइड’ गरिरहेको प्यालेस्टिनीको आरोप छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध अन्त्य गर्ने कुनै संकेत गरिरहेका छैनन् । बरु उनले लेबनानमा पनि आफ्ना सैनिक उतारेका छन् । हमास आक्रमणको पछिल्लो दिन नै इजरायलले तीन लाख सैनिक परिचालन गरेको थियो । त्यसयता इजरायलले हरेक दिन सैनिकको संख्या बढाइरहेको छ ।

सन् २००७ देखि नै नाकाबन्दी भोगिरहेको गाजाका प्यालेस्टिनी नागरिक इजरायली हमलापछि भोकमरीमा परेका छन् । इजरायलको आक्रमणमा गाजाका दुई लाखभन्दा बढी संरचना ध्वस्त हुँदा प्यालेस्टिनीहरूको बासस्थान खोसिएको छ । इजरायलको  हमलालाई मानव अधिकारवादीले मानवतामाथिको दाग भनेका छन् ।

समाचार संस्था अलजजिराका अनुसार युद्ध सुरु भएदेखि प्यालेस्टिनमा १७५ पत्रकार इजरायली हमलामा मारिएका छन् ।

करिब २.३ मिलियन मान्छे बसोबास गर्ने गाजा ३६५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यति सानो क्षेत्रमा फैलिएको गाजालाई इजरायली आक्रमणले ध्वस्त बनाएको छ । इजरायलले गाजाका विद्यालय, अस्पताल, मस्जिद, शरणार्थी शिविर सबै ध्वस्त पारेको छ ।

उत्तरी गाजाको ६९.३ प्रतिशत, गाजा सहरको ७३.९, देर अल बलहा सहरको ४९.१, खान युनिसको ५४.५ र रफाको ४६.३ प्रतिशत भूमिका संरचना इजरायली आक्रमणमा ध्वस्त भएको छ । २३० वर्ग किलोमिटर कृषियोग्य जमिन भएको गाजामा इजरायलले १३७ वर्ग किलोमिटर क्षेत्र ध्वस्त पारेको छ ।

गाजामा विद्युत्, पानी, खाना, ग्यास केही पनि बाँकी छैन । चारैतिर इजरायलले नियन्त्रण गर्ने सीमा भएको गाजालाई खुला जेल पनि भन्ने गरिन्छ ।

इजरायलले गाजामा ७५ हजार टन विस्फोटक पदार्थ प्रहार गरेको छ । यी विस्फोटक पदार्थले ध्वस्त पारेका संरचनाबाट ४ करोड टनभन्दा बढी भग्नावशेष सिर्जना भएको छ । इजरायली आक्रमणमा ध्वस्त भएका संरचनाको भग्नावशेष हटाउन मात्र १५ वर्ष लाग्ने बीबीसीले जनाएको छ । इजरायली आक्रमणका कारण १९ लाखभन्दा बढी प्यालेस्टिनीले आफ्नो घर छाडेका छन् ।

पछिल्लो समय इजरायलले लेबनानको अर्धसैनिक समूह हिजबुल्लाहसँग पनि युद्ध सुरु गरेपछि मध्यपूर्वको युद्ध रोकिने छाँट देखिएको छैन । हिजबुल्लाहमाथि इजरायली आक्रमणपछि इरानले पनि इजरायलमाथि जवाफी हमला गरेको छ । चौतर्फी युद्धको चपेटमा सबैभन्दा धेरै मार भने प्यालेस्टिनीले नै खेप्नेछन् ।बीबीसी, अलजजिरा रोटर्सको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro