site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दीपक भन्छन्– एउटा ठूलै समूह ‘छक्का पञ्जा’लाई सकिन्न भनेर नकारात्मक प्रचारमा लागेको छ

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा–५’ यही असोज २४ गते फूलपातीका दिन रिलिज गरिँदै छ । सोही दिन अरू दुई सिनेमा रिलिज हुँदै छन् । बिराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाइँ साब’ले ‘छक्का पञ्जा–५’ को सामना गर्दै छन् । सँगै रिलिज हुँदै गरेका अरू चलचित्रपक्षले ‘छक्का पञ्जा’को ‘म्याटर’मा घुसेर नकारात्मक टीकाटिप्पणी गरिरहेको कलाकार तथा निर्माता दीपक बताउँछन् ।

‘छक्का पञ्जा–५’ को कन्टेनको प्रतिक्रिया कस्तो आइरहेको छ ? 
अहिलेसम्म आएका कन्टेन मात्र होइन, चलचित्रको नराम्रो प्रतिक्रियाका लागि पनि हामी तयार छौँ । नेपाली चलचित्र उद्योगमा नराम्रो विकृति भित्रियो । ५० जनाले मिलेर रातोलाई कालो कालो भन्ने हो भने कालै हो कि क्या हो भन्ने हुन्छ ।

विगतमा पनि हाम्रो ट्रेलर यस्तै आउँथ्यो । केही कमेडी, केही सामाजिक तथा धार्मिक कुरा आउँथे । पहिलो गीतको कुमारी होइन... भन्ने भल्गर भयो भनियो । सुरुदेखि नै नराकात्मकता बढी भइरहेको छ ।

योपटक अली बढी नै नकारात्मक टिप्पणी भएको हो ?
एउटा चलचित्रले आफ्नो प्रचारप्रसारका लागि अर्काको म्याटरमा गएर अर्कालाई गाली गर्न लगाउँछ । युट्युब खोल्न पाएको छैन पहिल्यै गाली गर्न सुरु भइसकेको हुन्छ । हामी ट्रेलरको प्रिमियरमा थियौँ, त्यति बेलै उनीहरूको चलचित्रको प्रचार गर्दै हामीलाई गाली गर्न थालिसकेका थिए । 

एउटा ठूलै समूह अब छक्का पञ्जालाई कामले सकिन्न, यसलाई डिमोटिभेट गरौँ भनेर ठूलो समूह लागेको छ । भोलि चलचित्रको प्रतिक्रियाका लागि हामीले मनस्थिति बनाइसक्यौँ ।

तर, छक्का पञ्जाको स्वाद बसिसकेका दर्शकलाई सामाजिक सञ्जालको यो नकरात्मकताले केही असर गर्दैन ।

मिडियामा अन्तर्वार्ता र विज्ञापन त खासै देखिँदैन, ब्रान्डप्रतिको आत्मविश्वास नै हो ?  
तुलनात्मक हिसाबले त हामीले धेरै विज्ञापन गरेका छौँ । हाम्रो सिनेमाका पब्लिसिटी कन्टेनहरू नै घरघरमा पुगेका छन् । हाम्रो ‘ब्रेकअप सङ’ हरेकको घरघरमा पुगेको छ । हरेकले टिकटक बनाउनुभएको छ । अहिलेको पब्लिसिटी र ब्रान्डिङ भनेकै यसैगरी त हुने हो ।

बहसहरूमा हिँडिरहेका छौँ । हाम्रोतर्फबाट सक्दो गरिरहेका छौँ । सिरिज र सिक्वेलको फाइदा पनि हो, यो चलचित्र यो मितिमा आउँदै छ भनेपछि अरू धेरै प्रचार नै गर्नु पर्दैन ।

अरू दुई फिल्म पनि आक्रामक रूपमा आइरहेका छन्, त्यसको असर कत्तिको पर्ला ?
अरूले गरेको प्रचार हाम्रो चलचित्रको म्याटरमा आयो । छक्का पञ्जाको जे म्याटर हाले पनि त्यहाँ आएर १२ गाउँ लेखिदिन्छन् । यो नकारात्मक पक्ष हो । गाली गरिरहेका छन् । यसको फिल्म बहिष्कार गर्नुपर्छ भनिरहेका छन् । हाम्रो चलचित्र बहिष्कार गर्नुपर्ने कारण के छ ?

मेरो हरेक सिनेमाप्रति ठूलो सदाशयता छ । तर, यहाँ एउटालाई समाप्त गरेर अर्को उदय हुन चाहन्छ । मेरो भनाइ यत्ति हो– चलचित्र क्षेत्रमा राजनीतिजस्तो हुनु भएन । 

आफ्नो प्रचार गरौँ, त्यसले राम्रो गर्छ । अर्काको दुष्प्रचार गर्ने, जे आयो त्यसलाई गाली गरेर के हुन्छ ?

पछिल्लो समय नेपाली समाजमा नकारात्मक पक्ष हाबी भइरहेको हो ? यसलालाई कसरी न्यूनीकरण गर्न सकिएला ? 
सामाजिक सञ्जालले चोरलाई साधु र साधुलाई चोर बनाउने अवस्था छ । यसलाई कसै गरी सकिएन, यसलाई के गर्ने सोच्ने बेला आयो । नकारात्मक पक्ष उचालेर यसलाई सक्नुप¥यो भनेर लाग्ने कि कलात्मक भएर आउने ?

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro