site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विट्साको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार नियुक्त

काठमाडौं । वर्ल्ड इनोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेस अलायन्स (डब्ल्यूआईटीएसए)को कोषाध्यक्षमा रणजितकुमार पोद्दार नियुक्त भएका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष समेत रहेका पोद्दार विश्वका ८० सूचना प्रविधि संस्थाको अन्तर्राष्ट्रिय संगठन विट्साको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीका अनुसार, विट्साले विश्वभर सूचना प्रविधिका क्षेत्रमा भएका नवीनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्छ । साथै, नयाँनयाँ प्रविधिका बारेमा खोज, अनुसन्धानमा संलग्न हुने र त्यसका निम्ति विश्व समुदायलाई साथ र सहयोग गर्ने काम यो संगठनले गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro