site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाद्य सामग्री बिक्री बन्द गरेर खसीबोका र च्यांग्रा बेच्दै (तस्बिरहरू)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार (आज)देखि खसीबोका र च्यांग्रा बिक्री सुरु गरेको छ । थापाथली प्रादेशिक कार्यालयबाट बसीबोका र च्यांग्रा बिक्री थालिएको हो । यहाँबाट बिक्री गरिँदै आएका खाद्य वस्तुहरू भने बिक्री बन्द गरिएको छ ।

यो वर्षको दसैँमा खसीबोका र च्यांग्रा गरी १७ सय बिक्री गर्ने भएको छ । गत वर्षको दसैँमा खसीबोका र च्यांग्रा तीन हजार खरिद गरेको खाद्यले यो वर्ष भने संख्या घटाएको छ ।

यो वर्षको दसैँलाई १४ सय खसीबोका र ३०० च्यांग्रा खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।

khasiboka-(14)-1728200858.jpg
 

उनका अनुसार मुस्ताङबाट ३०० च्यांग्रा काठमाडौंका लागि ल्याइएको छ । त्यस्तै  दाङ, नवलपुर र  विरगञ्जबाट १४ सय खसीबोका खरिद गरिएको छ ।

जिउँदो खसीबोकाको प्रतिकिलो मूल्य ६७० रुपैयाँ तोकेकोमा १० रुपैयाँ छुट दिइएको छ । अब भने उपभोक्ताले प्रतिकिलो ६६० रुपैयाँमा खसिबोका खदिर गर्न सक्नेछन् । गत वर्ष खाद्यले खसीबोकाको प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गरेको थियो ।

यो वर्ष च्यांग्राको बिक्री मूल्य एक हजार २३० रुपैयाँ तोकेर १० रुपैयाँ छुट दिइएको छ । १० रुपैयाँ छुट दिएपछि च्यांग्राको प्रतिकिलो मूल्य एक हजार २२० रुपैयाँ तोकिएको छ । गत वर्ष एक हजार २५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेकोमा पछि ३० रुपैयाँ घटाएर एक हजार २२० रुपैयाँमा नै च्यांग्रा बिक्री गरेको थियो ।  

khasiboka-(11)-1728200857.jpg

khasiboka-(12)-1728200857.jpg

khasiboka-(13)-1728200857.jpg

khasiboka-(9)-1728200856.jpg

khasiboka-(10)-1728200856.jpg

khasiboka-(7)-1728200855.jpg

khasiboka-(5)-1728200854.jpg

khasiboka-(4)-1728200854.jpg

khasiboka-(3)-1728200854.jpg

khasiboka-(8)-1728200855.jpg

khasiboka-(2)-1728200853.jpg

khasiboka-(1)-1728200853.jpg

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro