site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो । 

“गाजाको मध्य क्षेत्र देइर अल–बालाहस्थित अल अक्सा सहिद अस्पतालको गेटअगाडि इजरायलले गरेको बमबारीका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ भने ठूलो संख्यामा घाइते भएका छन्,” एजेन्सीका प्रवक्ता महमुद बसालले भने । 

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ, “मस्जिदमा रहेको कमान्ड एन्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतंककारीमाथि आक्रमण गरिएको हो ।” रासस/एएफपी

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro