site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजिटल लाइसेन्स सञ्चालनमा, चेक गर्न प्रहरीलाई दिइयो स्मार्टफोन 

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई औपचारिक रूपमा मान्यता दिएको छ । यससँगै ट्राफिक प्रहरीले नागरिक एपमा रहने लाइसेन्स नै चेक जाँच गर्ने भएको छ ।

यसका लागि वाग्मती प्रदेशको श्रम, रोजगार, तथा यातायात मन्त्रालयले ट्राफिक प्रहरीलाई स्मार्टफोन उपलब्ध गराएको छ ।

शुक्रबार सिंहदरबारस्थित संघीय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा स्मार्टफोन हस्तान्तरण गरिएको हो ।

संघीय भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र  प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जनले  प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई फोन हस्तान्तरण गरे ।

अब नागरिक एपकै लाइसेन्स देखाउन सकिनेछ । ट्राफिकले सोही चेक गरी जरिवाना भए अनलाइनबाट तिर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ ।

एकपटक कारबाहीमा परेको जरिवाना तिरेपछि मात्र दोस्रोपटक नियम उल्लंघन गर्दा नागरिक एपको क्यूआर देखिने छ ।

ट्राफिक प्रहरीले तत्काल एक हजार र थप तीन हजार फोन चाहिने बताएको छ । फोनमा रहने एपले अनलाइन र अफलाइन दुवै अवस्थामा काम गर्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro