site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइस लाख रुपैयाँसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

जलेश्वर (महोत्तरी) । महोत्तरीमा दुई दिनयता स्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो । ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी, बुधबार प्रहरीले स्रोत नखुलेको १२ लाखसहित सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो । प्र२–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको  छ । रासस
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro