site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खाद्यले २१ असोजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने, कति पर्ला मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । गत वर्षको दसैँमा तीन हजार खसीबोका र च्यांग्रा खरिद गरेको खाद्यले यस वर्ष घटाएको हो । 

यसपटकको दसैँलाई एक हजार ४०० खसीबोका र ३०० च्यांग्रा खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।

उनका अनुसार, मुस्ताङबाट ३० च्यांग्रा काठमाडौंका लागि हिँडाइएको छ । त्यस्तै,  दाङ, नवलपुर र  वीरगन्जबाट एक हजार ४०० खसीबोका खरिद गरिएको छ ।

असोज २० गतेसम्म यी खसीबोका र च्यांग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा आइपुग्ने र असोज २१ गतेबाट बिक्री गर्न थालिने थापा बताउँछिन् । यो वर्ष दाङबाटट ४००, नवलपुरबाट ५०० र वीरगन्जबाट ५०० गरी कुल एक हजार ४०० खसीबोका खरिद गरिएको प्रादेशिक प्रमुख थापा बताइन् ।

गत वर्ष खाद्यले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ तोकेको थियो । तर, पछि यस मूल्यमा २० रुपैयाँ घटाएर प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गरिएको थियो । त्यसैगरी, च्यांग्रा गत वर्ष एक हजार २५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेकोमा पछि ३० रुपैयाँ घटाइएको थियो ।

यो वर्ष भने मूल्य तोकिएको छैन । तर, जिल्लामा नै खसीबोकाको खरिद मूल्य प्रतिकिलो ५६० रुपैयाँ परेको छ भने च्यांग्राको प्रतिकिलो एक हजार ८५ रुपैयाँ परेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले बताए । यस मूल्यमा काठमाडौंसम्म आइपुग्दा केही बढ्न सक्ने र बढेको मूल्यमा बजार मूल्यभन्दा केही छुट हुने गरी मूल्य निर्धारण गर्ने आचार्य बताउँछन् ।

हाल बजारमा व्यापारीहरूले एक हजार २५० देखि १३ सयसम्म च्यांग्रा बिक्री गर्न थालिसकेका छन् ।

गत वर्षको दसैँमा खाद्यले धादिङ, मकवानपुर र दाङबाट दुई हजार खसीबोका र एक हजार च्यांग्रा खरिद गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro