site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
Tiktok banner adTiktok banner ad

जनकपुर । मधेस प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

उनले प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन् । 

मुख्यमन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद समेत दिए । उनले यसअघि बाढीबाट प्रभावित गाउँबस्तीमा पुनःस्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्य क्षेत्र बनाई काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग आग्रह गरेका थिए ।

बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण संकलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुनःस्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro