site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगी प्रकरण : देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
फाइल तस्बिर ।

पोखरा । जिल्ला अदालत बागलुङले सहकारी ठगी प्रकरणमा पक्राउ परेका देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सोमबार बयान सकिएपछि मंगलबार अदालतमा थुनछेक बहस चलेको थियो ।

बहस सकिएपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

नेपाली बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीको राहदानी रद्द, इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएता पनि उनी डेढ वर्षसम्म फरार रहे ।

शुक्रबार भारतको नयाँदिल्लीबाट पक्राउ परेका उनलाई आइतबार बागलुङ लगिएको थियो ।

सहकारी संस्थाका एक हजार ५४३ जना बचतकर्ताको जाहेरीमा जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो ।

सरकारी वकिलको कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दायर गरेको हो ।

सहकारीको वित्तीय अवस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिइएको हो । सोमबारको बयानमा उनले आफ्नो चलअचल सम्पत्ति लिलाम गरेर भएता पनि ऋण तिर्ने बताएका थिए ।

उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार धरौतीमा छोड्न आदेश दिएको छ । सहकारीपीडितहरूको निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले नेपालीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा समेत मुद्दा रहेकाले थुनछेक बहसका लागि पोखरा ल्याइने भएको छ ।

यस मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए । सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro