site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
देवकुमार नेपालीको बयान सकियो, मंगलबार थुनछेक बहस
SkywellSkywell

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पक्राउ परेका देवकुमार नेपालीको सोमबार जिल्ला अदालत बागलुङमा बयान लिइएको छ । नेपाली यस सहकारीका अध्यक्ष हुन् भने बागलुङकै ढोरपाटन नगरपालिकाका नगर प्रमुखसमेत हुन् ।

उनीविरुद्ध डेढ वर्ष अगाडि नै सहकारीको बचत हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो । अध्यागमन विभागले उनको पासपोर्ट रद्द थियो । इन्टरपोलको रेडकर्नर नोटिसमा परेका नेपाली शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ परेका थिए । उनलाई आइतबार काठमाडौं ल्याएर सोही दिन साँझ नै बागलुङ पुर्‍याइएको थियो ।

आइतबार जिल्ला प्रहरी बागलुङले नेपालीलाई बुझेपछि सोमबार दिनभर उनको बयान लिइएको हो । जिल्ला अदालत बागलुङका शाखा अधिकृत ऋषिराम रिजालका अनुसार, उनको बयान सकिइसकेको छ । मंगलबार थुनछेक बहस हुने छ । थुनछेक बहसपछि नेपालीलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने वा बाहिरै बसेर मुद्दा लड्न दिने भन्ने टुंगो लाग्छ ।

KFC Island Ad
NIC Asia

नेपालीलाई अदालतमा पुर्‍याउँदा सहकारी पीडित संघर्ष समितिका अगुवाहरूसमेत त्यहाँ उपस्थित थिए । सहकारी संस्थाका एक हजार ५४३ जना बचतकर्ताको जाहेरीमा जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते ठगी मुद्दा दर्ता भएको थियो ।

कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दायर गरेको हो । सहकारीमा समस्या आउनासाथ उनी फरार भने थिएनन् । 

जिल्ला प्रहरी कार्यालयमा हजारौँ बचतकर्ताले मुद्दा दायर गर्न थालेपछि हराएका उनी बीचमा दुईपटक सामाजिक सञ्जालबाट ऋण तिर्ने प्रतिबद्धता पनि जनाए । उनले अन्तिमपटक गत मंसिर ५ गते सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै त्यसको बिक्री वितरणको वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

बचतकर्ताले आफ्नो रकम माग गरेपछि तरलता अभाव भन्दै यो सहकारी वैशाख ९ गते सूचना टाँस गरी बन्द भएको थियो । ०८० वैशाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरेपछि उनी जेठ ४ गतेदेखि सम्पर्कविहीन भए । संस्थापक अध्यक्षको हैसियतमा नेपाली स्वयंले एक विज्ञप्ति जारी गर्दै बचतकर्तालाई रकम भुक्तानी गरिछाड्ने आश्वासन दिएका थिए ।

“यहाँहरूले म र मेरो टिमलाई विश्वास गरेर संस्थामा सेयर खरिद गर्नुका साथै बचत रकम जम्मा गर्नुभएको हो । यहाँहरूको विश्वासमा केही समस्या आएको कुरा साँचो हो, तर यहाँहरूको विश्वासलाई हामीले कदापि डगमगाउन दिने छैनौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” विज्ञप्तिमार्फत उनले भनेका थिए ।

नेपाली आफैँले निक्षेपकर्ताको ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । तर, डेढ अर्ब अपचलनको मुद्दा दायर भएको छ । १८ प्रतिशत ब्याज दिने भनेपछि नेपालीको यो सहकारीमा बचतकर्ताको करोडौँ रुपैयाँ जम्मा भएको थियो ।

सहकारीका सञ्चालक नै फरार भएपछि बचतकर्ता र सेयर सदस्यले संघर्ष समिति बनाएर सहकारीको यथास्थिति पत्ता लगाउन माग राखे । मेयर नेपालीले सहकारीको रकम घरजग्गामा लगानी गरेका थिए । तर, घरजग्गा व्यवसायमा गिरावट आएपछि रकम फिर्ता गर्न नसकेपछि उनी फरार थिए ।

पछिल्ला वर्षमा मात्र उनले पोखरा, बागलुङ बजार र ढोरपाटको बुर्तिवाङमा घर किनेका छन् । पोखराको सिर्जनाचोकमा रहेको नौतले घरमा पनि नेपालीले सहकारीकै शाखा सञ्चालन गरेका थिए ।

बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि सहकारीले तरलता अभाव रहेको भन्दै गत वैशाख ६ मै कारोबार बन्द गरेको थियो । मेयर नेपालीले जेठ १ मा सेयर सदस्य र बचतकर्तालाई बाग्लुङ बजारमा भेला गराएर रकम फिर्ता गर्न ६ महिनाको समय मागेका थिए ।

तर, आफू सुरक्षित नरहेको र स्वास्थ्यमा पनि समस्या आएको भन्दै उनले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टदेखि नै उनी फरार भएका थिए ।

यस मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए । सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकाले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाय समेतको माग गरिएको छ । त्यसबाहेक सहकारी रजिस्ट्रारको कार्यालयको अध्ययनमा भएअनुसार सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा सहकारीमा गैरसेयर सदस्यलाई आर्कषक ब्याजको प्रलोभन देखाएर बागलुङबाट सातहजार ९४, पोखराबाट दुई हजार ६६१ र गलकोटबाट एक हजार ७७४ गरी ११ हजार ५२९ जना गैरसेयर सदस्यबाट रकम उठाएको आरोपसमेत छ । 

सहकारी ऐन २०७४ को दफा ३२ (२) विपरीत कृत्रिम व्यक्तिलाई सदस्यता प्रदान गरिएको ८७ लाख ५० हजार रुपैयाँलाई दायित्व देखाई हिनामिना गरेको, कृतिम बचत खातामा रकम राखी ६५ करोड कृत्रिम कर्जा भनिएको, वासलातको रकम कागजमा मात्र देखाएर हिनामिना गरेकोलगायतको प्रतिवेदनसमेत मुद्दामा उल्लेख गरिएको छ ।

दोषी ठहर भए के हुन सक्छ ?

सहकारी ऐन २०७४ को दफा १२२ को (घ), (ङ), (च), (छ), (ज), (ट) को कसूरमा बिगो भराई निम्न अनुसारको कैद हुने छ :

१० लाख रुपैयाँसम्म बिगो भए एक वर्षसम्म कैद,
१० लाख भन्दा बढी ५० लाखसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद,
५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि चार वर्षसम्म कैद,
एक करोडभन्द बढी १० करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद,
१० करोड रुपैयाँ भन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षैदेखि ८ वर्षसम्म कैद,
एक अर्ब रुपैयाँभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि ८ वर्षदेखि १० वर्षसम्म कैद ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro