site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
विकसित देशको कुरै बेग्लै !
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
जापानको ओसाका अन्तर्राष्ट्रिय विमानस्थल समुद्रलाई पुरेर बनाएको भन्ने थाहा थियो तर टापु नै टापुको देश जापानका सबै टापुलाई रेल सेवाले जोडेको छ भन्ने धेरैपछि थाहा भयो । समुद्रको पिँधमुनि पनि रेल लाइन बिछ्याएर पूरै  देश जोड्ने कार्य जापानी विकासको अर्को विशेषता हो । 
हाम्रो देश नेपालसँग तुलना गरेर जापानको विकासको कुरा गर्नु धेरै अर्थमा सुहाउँदैन ।
जापानका साना र दुर्गम भनिने सहरहरू हाम्रो राजधानीभन्दा धेरै राम्रा, व्यवस्थित र सुविधा सम्पन्न छन् । केही वर्ष यता पढाइका क्रममा जापानको क्योटो सहरमा बस्दै आएको छु । कुराकानीका सिलसिलामा आफू यसभन्दा पहिले जापानको मत्सुयामा भन्ने सहरमा बसेको भन्ने गर्छु  । क्योटो बासीको सहज प्रतिक्रिया चाहिँ - ए त्यो दुर्गम ठाउँमा के कामले बस्न पुग्यौ त ? भन्ने हुन्छ । तर, नेपालीको आँखामा त मत्सुयामा एकदम विकसित सहर देखिन्छ । काठमाडौं हेरेर फराकिला सड़क, ठूला सपिंग मल र सुविधा सम्पन्न एयरपोर्ट रहेको त्यो सफा र व्यवस्थित सहर हाम्रा लागि दुर्गम ठानिन सक्तैन । 
मत्सुयामा बसेका बेला चिनेको एकजना साथीले बारम्बार बोलाएर कर गरेपछि म हालै सोही सहर रहेको सिकोकु भन्ने टापुको अर्को निहामा भन्ने सहरमा गएँ । उसले क्योटो ठूलो सहर र आफू बस्ने ठाउँ चाहिँ एकदम दुर्गम भन्ने गर्थ्यो । उसले प्रायः फोनमा त्यसो भनिरहँदा निहामा सायद दुर्गमै होला भन्ने सोचेको थिएँ । तर निहामा मेरो कल्पनाभन्दा बिलकुल फरक पाएँ । उस्तै फराकिला सड़क, सबैखालका मोटर गाडी, चौबिसै घन्टा खुल्ने पसल, सपिंग मलहरू अर्थात्  एउटा सहरमा हुनुपर्ने सबै सेवा र सुविधा थिए । तुलनात्मक हिसाबले सहरको फैलावट केही सानो थियो । रेल र बस सेवा भए पनि निहामामा एयरपोर्ट रहनेछ। स्कुल भवनहरू ठूला थिए र तिनका कम्पाउन्ड पनि । वार्ड कार्यालय पनि भव्य थियो । साथै अरू होटल र रेजिडेंसियल भवन पनि भव्य देखिन्थे। विश्वविद्यालय भने रहनेछ । तर, निहामा हाम्रो काठमाडौं वा अन्य सहरभन्दा धेरै व्यवस्थित र विकसित छ । 
कसरी गर्‍यो जापानले यस्तो प्रगति ?
यो हामी सबैलाई खड्किने प्रश्न हो र हाम्रो आआफ्नै बुझाइ र व्याख्या हुनसक्छ । 
विकास मेरो अध्ययन अनुसन्धानको विषय होइन तर जापानको यस प्रगतिमा - विधिको साशन र शिक्षा छेत्रमा जापानको लगानी प्रमुख हुन्  जस्तो लाग्छ । कामको समयमा  खटेर काम गर्नसक्ने, राष्ट्रप्रेम र नागरिक उत्तरदायित्त्वको भावना जस्ता अन्य धेरै कुराको पनि महत्त्वपूर्ण भूमिका हुन सक्छ । 
भ्रष्टाचार शून्य मुलुक बिरलै होला । तर, जापानजस्ता मुलुकले भ्रष्टाचार रोक्ने वा त्यस्को प्रतिरोध गर्ने प्रणाली बसालेका छन् । साथै कुनै काम गर्दा विधि पुर्‍याएर गर्नुपर्ने हुन्छ । त्यो विधि कागजमा मात्र सीमित राख्ने काम पनि हुनसक्छ तर मैले देखेको चाहिँ कसैले ढल वा पानीका लागि सडक खन्छ भने उसले त्यो सडक काम सकेपछि पहिलेकै अबस्थामा ल्याएको हुन्छ । अर्थात् पिच गरेर छाड्छ चाहे त्यो व्यक्तिविशेष होस् वा एउटा कम्पनी । 
बूढाबुढी र अशक्तका लागि राम्रो व्यवस्था रहेछ । मेरो साथीले क्याम्पसको पढाइ सकेपछि एउटा ठूलो कंपनीमा जागिर पाएको थियो । तर उसलाई डिप्रेसनको समस्या थियो र बिस्तारै सोही समस्याले गर्दा उसले जागिर छोड्नु पर्‍यो र ऊ टोक्योबाट आफ्नो जन्म घर निहामा आएर बस्न थाल्यो । मनोचिकित्सकसँग उपचार गराउँदै औषधि सेवन गर्दा उसमा सुधार आउँदै छ । तर चिकित्सकले उसलाई आजीवन औषधि आवस्यक पर्छ भनेर मनोरोगी घोषणा गरिदियो । तत्पश्चात्, सरकारले उसलाई तीस लाख जापानिज येन प्रदान गर्‍यो जीवन गुजाराको लागि । त्यबाहेक उसले मासिक ६५ हजार येन भत्ता पाउँछ । अहिले उसको स्वास्थ्यमा धेरै सुधार भएको छ र विगत करिब एक वर्षदेखि ऊ एउटा स्थानीय कम्पनीमा काम गर्छ । सो कम्पनीले मानसिक स्थिति कमजोर भएकाहरूलाई लक्षित गरेर काम दिँदो रहेछ ।
मलाई लागेको - व्यवस्था बन्यो भने कसैले दु:ख पाउनु नपर्ने रहेछ । राजनीतिकर्मीलाई भन्न मन लागेको छ - देशमा एउटा राम्रो व्यवस्था, सामाजिक शैली बसाल्न सकेदेखि तपाईंहरूलाई भ्रष्टाचार गरेर यती राम्रो देशलाई नरक बनाउन हुँदैन ।
भ्रष्टाचार गरेर थुपारेको धनले छोराछोरी र अन्य साखासन्तानको भविष्य सुनिश्चित गर्दैन । क्षमता, लगन र असल आचरण नभएका सन्तान कुन बेला कुलतमा लाग्छन् र आफूले कुख्यात बनेर र कुकर्म गरेर कमाएको धन कतिखेर नष्ट गर्छन् ठेगान हुँदैन । फेरि कुनै दीर्घ रोगको सिकार भएमा एक एक जनाले सञ्चित गरेको धन धेरै टिक्दैन । तर, राज्य बलियो भएमा, राम्रो प्रणालीमा राज्य र समाज चलेमा त्यसले सबै नागरिकको जीवनको सेवा र रक्षा गर्दो रहेछ । त्यसका लागि दक्ष र असल आचरण भएका कर्मठ जनशक्ति चाइयो। धर्मको डर त हामीलाई यो कालखण्डमा  खासै नहोला तर जिम्मेवार नागरिक बन्ने विकल्प पनि अँगाल्न सकेका छैनौ । न आत्मअनुशाशन छ न कुनै आदर्शप्रतिको झुकाव र लगन । यस्तो अवस्थामा विकासको कल्पना गर्नु मिथ्यामात्र साबित होला । 
दक्ष जनशक्ति उत्पादनका लागि जापानले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको पाइन्छ । जापानका विद्यालयहरूको भौतिक संरचनाको तुलना हाम्रा विश्वविद्यालयसँग गर्न मिल्दैन । जापानमा प्राध्यापकले प्राप्त गर्ने सुविधा र सम्मान हाम्रो देशमा कल्पना गर्न पनि सकिँदैन । हम्रोमा रट्ने, घोक्ने र केही हदसम्म थेसिससम्म सार्ने प्रवृत्ति छ । यस्तो अवस्थामा नयाँपन र सृजनाको कल्पना कसरी गर्न सकिएला?  
अअनि हाम्रो सोच बासी, चेतना बासी, प्रणाली उही, व्यवहार उस्तै । तैपनि, अरू देशले गरेको प्रगति देखेर यथास्थितिमा हामी पनि विकासको राग अलाप्छौँ, कल्पना गर्छौं । किन्तु, प्रतिफल शून्य । त्यसपछि हरतहमा वितृष्णा र वैराग्य। अनि सबैलाई दोष लगाउने, गल्ती देखाउने, गरिब देशमा जन्मेकोमा आफैँलाई धिक्कार्ने । देशले धेरै राजनीतिक उथलपुथल देख्यो, धेरै सपना बाँडिए तर उपलब्धि निराशाजनक नै छ । त्यसोभन्दा सबैकुरा डाँबाडोल र नकारात्मक मात्रै भएका होइनन् । तर, जुन हिसाबले देशले प्रगतिको गति लिनुपर्ने हो त्यसो हुनसकेन । 
हामी नागरिकको पनि जिम्मेवारी छ । देशमै बसेर राम्रा काम गर्ने पनि छन् । तर, देशलाई दिशा प्रदान गर्ने त सत्ताको बागडोर सम्हाल्नेले हो । देशलाई नवीन स्वरूप दिने हो भने राज्यले शिक्षालाई प्रथमिकता दिनुपर्छ । विश्वविद्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्छ । अनुसन्धानमा धेरै खर्च गर्न सक्नुपर्छ । हामीकहाँ धेरै योग्य जनशक्ति छ । तर, आफ्नो सीपको विकास वा सदुपयोग गर्न नसकेर धेरैजसो पलायन हुन बाध्य छन् । 
 
जापानको अहिलेको विकासको एउटा बलियो आधार सन् १९८० तिर शिक्षा क्षेत्रमा हालेको जग हो । अहिले चीनले शिक्षामा निकै जोड दिएको छ भन्ने सुनिन्छ । त्यस्को परिणाम केही दशकपछि पक्कै देखिनेछ । भौतिक पूर्वाधार विकासको अर्को महत्वपूर्ण खम्बा रहेछ । हामीकहाँ त्यसका लागि पर्याप्त जनशक्ति छ र आर्थिक स्रोतको कमीजस्तो पनि लाग्दैन। सत्तालाई 'दुहुनो गाई' ठान्ने र टिकुन्जेल  जनताको आँखामा छारो हाल्दै सकेसम्म दोहन गर्ने, अनि सरकारको काम कहिले जाला घामको पुरानो ढर्राले  विकासको गति शून्य प्रायः हुनपुगेकोजस्तो लग्छ । राष्ट्र बने हाम्रो भविष्य सुनिश्चित छ भन्ने भावाना दृढ राख्न सके र सकारात्मक मनःस्थितिले अगाडि बढे विकास हाम्रा लागि पनि दिवास्वप्न होइन ।
 
(हाल जापानमा अध्यनरत)
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७३  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro